२०८२ असार ४

सिरहामा दलितमाथि विभेद प्रकरण: गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा

सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका क्रममा दलितमाथि भएको विभेद र ज्यादती प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

जिल्ला अदालत सिरहाका न्यायाधीश विदुर काफ्लेको इजलासले जनही एक लाख रुपैयाँ धरौटी लिएर उनीहरूलाई थुनामुक्त गर्ने आदेश दिएको हो। अदालतका शाखा अधिकृत समीर कुलुङका अनुसार शुक्रबार उनीहरूलाई धरौटीमा रिहा गर्ने निर्णय भएको छ।

यसैबीच, सोही घटनामा संलग्न भएको आरोपमा बजरंजी बाबाविरुद्ध पनि जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ। कुलुङका अनुसार कानुनी प्रक्रियाअनुसार अब उनको मुद्दामा म्याद जारी गरिनेछ।

गत फागुन १० गते महायज्ञस्थलमा अछुत भन्दै दीपक मल्लिकको घर गाउँपालिकाको डोजर लगाएर भत्काइएको थियो। यस घटनासँग सम्बन्धित आरोपमा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष चैत ९ गते पक्राउ परेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

Picture of कानूनी खबर

कानूनी खबर

Picture of कानूनी खबर

कानूनी खबर

सम्बन्धित खबर