२०८२ श्रावण ३

सरकारको अपिल: अमानवीय र गैरकानुनी गतिविधिबाट टाढा रहन आग्रह

सरकारले आमनागरिकलाई अमानवीय र गैरकानुनी गतिविधिमा संलग्न नहुन अपिल गरेको छ। गृह मन्त्रालयद्वारा आज साँझ जारी प्रेस विज्ञप्तिमा कानुन उल्लङ्घन गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याई विधिको शासन स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

पूर्वराजाका समर्थकहरूद्वारा आयोजित प्रदर्शनका क्रममा काठमाडौँको तीनकुने क्षेत्रमा भएको हिंसात्मक गतिविधिप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। संविधान प्रदत्त विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने अधिकारको उपहास गर्दै गरिएको उक्त प्रदर्शनमा भएको तोडफोड, आगजनी तथा अन्य अमानवीय घटनाहरू गैरकानुनी र भत्र्सनायोग्य रहेको सरकारले स्पष्ट पारेको छ।

सरकारले व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र र यातायातका साधनहरूमा भएको क्षति आपराधिक कार्य भएको बताएको छ। साथै, यस्ता हिंसात्मक घटनाका लागि प्रदर्शनका आयोजकहरू नै पूर्ण रूपमा जिम्मेवार हुने उल्लेख गर्दै सरकारले लोकतान्त्रिक प्रक्रियामा हिंसात्मक र अराजनीतिक गतिविधिको कुनै स्थान नरहेको प्रष्ट पारेको छ।

मन्त्रालयले संविधानले सबै वर्ग, जाति, भाषा, लिङ्ग, क्षेत्र र धार्मिक अधिकारको संरक्षण गर्ने उल्लेख गर्दै शान्तिपूर्ण रूपमा विचार व्यक्त गर्ने लोकतान्त्रिक विधिलाई अवलम्बन गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

Picture of कानूनी खबर

कानूनी खबर

Picture of कानूनी खबर

कानूनी खबर

सम्बन्धित खबर