Tuesday, April 29, 2025

कुलमान घिसिङको रिट सर्वोच्चमा दर्ता, सुनुवाइ शुक्रबार

spot_img

कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जामन्त्री दीपक खड्का, प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्यलाई विपक्षी बनाउँदै उनले उक्त रिट पेस गरेका हुन्। रिटमा घिसिङले आफूलाई कार्यकारी निर्देशक पदमा पुनर्स्थापना गर्नुपर्ने माग गरेका छन्।

बुधवार पेस गरिएको उक्त रिट गैरकानुनी रूपमा हटाइएको भन्दै पुनर्स्थापनाको मागसहित दायर गरिएको हो। सर्वोच्च अदालत प्रशासनले रिट आज मात्रै दर्ता भएको जानकारी दिएको छ।

शुक्रवार उक्त रिटमाथि प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

सम्बन्धित

विद्युत् प्राधिकरण कार्यकारी नियुक्ति विवाद

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान...

सर्वोच्च अदालतको आदेश: पाथीभरा केबलकार निर्माण कार्य यथास्थितिमा रोकियो

ताप्लेजुङको प्रसिद्ध धार्मिक गन्तव्य पाथीभरा दर्शन केबलकार निर्माणमा हालसम्म भएका कामकारबाही...

कुलमान घिसिङको बर्खास्तीविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ सुरु

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च...

ताजा अपडेट