नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले दायर गरेको रिटमाथि सुनुवाइ न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा हुने भएको छ।
यस्तै, अघिल्लो अधूरो कार्यकालका लागि पारिश्रमिक तथा आर्थिक सेवा सुविधाको माग गर्दै नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट पनि सोही इजलासमा परेको छ।
घिसिङको रिट इजलासको दोस्रो नम्बरमा रहेको छ भने शाक्यको रिट पाँचौं नम्बरमा छ। दुबै जना बुधबार साँझ सर्वोच्च पुगेका थिए, जहाँ उनीहरूको रिट निवेदन दर्ता गरिएको थियो।