राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले उनको पक्षमा फैसला गरेको छ। न्यायाधीश डा. मनोज कुमार शर्मा र महेश शर्मा पौडेलले उनलाई रिट जारी गर्ने आदेश दिएका हुन्।
आयोगले मेडिकल काउन्सिलको सदस्य रहँदाहुँदै २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार भएको भन्दै कार्कीको उम्मेदवारी खारेज गरेको थियो। सर्वोच्च अदालतको अन्तरिम आदेशको आधारमा उनले चुनाव लडेकी थिइन्। मंगलबार सर्वोच्च अदालतले यो मुद्दामा फैसला गरेको हो।
कार्कीले यसअघि नै मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिइसकेकी थिइन्।