पशुपति क्षेत्र विकास कोषको जग्गाबाट अवैध तरिकाले बालुवा र माटो उत्खनन गरेको आरोपमा ३ पूर्वकर्मचारी कारागार चलान भएका छन्। काठमाडौँका तत्कालीन स्थानीय विकास अधिकारी प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र पशुपति क्षेत्र विकास कोषका पूर्वनिर्देशक राजु कुमार रेग्मीलाई सीआईबीले पक्राउ गरी डिल्लीबजार कारागार पठाएको हो।
उनीहरूले पशुपति क्षेत्र विकास कोषको ५३४ रोपनी जग्गाबाट अवैध उत्खनन गरि भ्रष्टाचार गरेको ठहर सर्वोच्च अदालतले माघ ३० मा गरेको हो। जोशीलाई ६ महिना कैद र २ लाख ३७ हजार जरिवाना, श्रेष्ठलाई ४ वर्ष कैद र ७८ लाख ५३ हजार जरिवाना, रेग्मीलाई २ लाख ३७ हजार जरिवाना र ६ महिना कैद हुने फैसला गरिएको छ।
यस मुद्दामा ६ जना फरार छन्, जसमा तत्कालीन सदस्य सचिव निर्मल कुँइकेल र सुशिल नाहाटा पनि रहेका छन्।